सभापतिको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन

अत्तरिया, ६ माघ : सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिएका छन ।
आइतबार बसेको प्रदेश सभा बैठकमा उनले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएको हो । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त छ । यसअघि, सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरूबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।
सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन ।
यस्तै, चार महिनापछि आइतबार बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै दलका नेताहरूले प्रदेश सरकारको औचित्य हुने गरी काम गर्न सरकारलाई आग्रह गरे । विशेष समयमा नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामी, नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका मुख्य सचेतक रामेश्वर चौधरीले बालेका थिए ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी) को दलका नेता प्रकाश रावल, राप्रपाको दलका नेता खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशी बोलेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.