खैरो हेरोइनसहित धनगढीमा २ युवती र एक युवक पक्राउ

अत्तरिया : खैरो हेरोइनसहित धनगढीमा २ युवती र एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीया अस्मीता चौधरी र धनगढी उपमहानगरपालिका-९ बस्ने २२ वर्षकै रमिता चौधरी पक्राउ परेकी छिन् । यी दुबै जनालाई १ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट डडेल्धुरा को अमरगढी नगरपालिका-५ घर भई हाल धनगढी उपमहानगरपालिका-१३ कोठा गरी बस्ने २४ वर्षीय मिनबहादुर बिष्ट पक्राउ परेका छन्। बिष्टलाई २ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.