अत्तरिया, ९ माघ : नेपाली काँगे्रस गौरीगंगा नगरपालिकाको सम्मेलन मसुरियामा सम्पन्न भएको छ । बुधबार नगर सभापति पहल बिक्रम चन्दको सभापतित्वमा सम्पन्न सम्मेलनको प्रमुख अथिति प्रदेश महामन्न्त्री नरनारयण शाह मनु रहेका थिए । उनले कैलालिमा पार्टीको संगठनले चाहेको जस्तो गति लिन नसकेको वताए । सरकारमा सहभागी हुँदा नेतृत्वले जनताका सवालहरुलाई सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको थियो । उनले समग्र जिल्लाको संगठन धनगढी केन्द्रित भएको र धनगढी बाहिर केवल नेताहरुको भाषणहरुमा मात्रा डेलिभरी भएको उल्लेख गरे । नयाँ सदस्यता नै नदिइकन कहि संगठन भन्छ भने तर्क दिदै उनले क्रियासिल सदस्य नविकरण नहुनाको प्रमुख कारण काँग्रेस हुन चाहाना भन्दा पनि आफ्ना वरिपरिकालाई नेताको सिफारिसमा वितरण गरिका सदस्या अदिकाँस नविकरण नगरेको समेत उनको आरोप रहेको थियो ।
नगर सम्मेलनमा काँग्रेस नेता एंव राज्यमन्त्री प्रकाश वम, प्रदेस सभा सदस्य तुलसी देभकोटा, प्रदेश प्रवक्ता सुरत रावत, प्रदेश सदस्य रामबहादुरर देउवा जिल्ला उपसभापति खेम चौधरी, क्षेत्रीय सभापति वसन्त रोकाया, युवा नेता तरुलदल केन्द्रीय सदसस्य लोकराज पान्डेय आगो लगायतले सम्मेलनको शुभकामना मन्तब्य राखेका थिए ।