अत्तरिया, ९ माघ : कैलालीको गौरीगंगा नगरपालिकामा दलित महिला र सिमान्तकृत समूहको परिप्रेक्ष्यमा छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ कैलालीले आयोजना गरेको कार्यक्रमको उद्देश्य नगरपालिकाको नीति, कार्यक्रम र बजेटलाई दलित महिला र सिमान्तकृत वर्गका दृष्टिकोणबाट पुनः समीक्षा गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेंल थिए । सो अवसरमा दलित आधिकारिकर्मी चक्र विक ले नगरपालिकाले चालु आर्थिक वर्ष ०८१\०८२ मा दलित महिला र सिमान्तकृत वर्गको सशक्तिकरणका लागि छुट्याएको बजेटको उपयोगिता र कार्यान्वयनको अवस्था माथि चर्चा गरेका थिए ।
कार्यक्रममा दलित महिलालाई पालिकाका कार्यक्रमसँग कसरी जोड्न सकिन्छ, उनीहरूको क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउन के कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । आय आर्जन र बचतका माध्यमबाट आर्थिक सशक्तिकरणको मार्ग खोल्ने उद्देश्य राखिएको थियो । आयआर्जनका अवसरहरू सृजना गर्न, ८ वटा समूहलाई ३५ हजार रुपैयाँ विउ पूँजीको रूपमा प्रदान गर्ने निर्णय गरिएको साथै यसले उनीहरूलाई व्यवसायिक विकास र जीविकोपार्जनमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रमको सञ्चालन दलित महिला संघ (फेडो) का जिल्ला संयोजक विनोद घिमिरेले गरेका थिए । दलित महिला संघका प्रदेश अध्यक्ष अमृता ताम्राकारमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी लगायत विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जातीय भेदभावको अन्त्यका लागि जनचेतना र अभियानहरूको आवश्यकता पनि चर्चा गरिएको थियो ।
