अत्तरिया : गोदागरी नगरपालिकाको सरस्वती माविमा कार्यरत शिक्षक विनोद कुमार भट्टराइको निधन भएको छ । गोदावरी नगरपालिका–११ मा रहेको
सरस्वती माविमा अध्यापन गराउँदै आएका गोदावरी नगरपालिका–२ का ५८ वर्षीय शिक्षक भट्टराइको बुधवार राती निधन भएको हो ।
उनी २०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका थिए । लामो समय देखि बिरामी रहेका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले जानकारी दिए । शिक्षक भट्टराइको निधनमा आज बिहीबार गोदावरीका विद्यालयमा शोक बिदा दिइएको छ ।