कैलारीमा विद्यालयको प्रवेश द्वार भत्किदा एक विद्यार्थीको मृत्यु

अत्तरिया, १० माघ : कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नरेश रानाका ८ वर्षीय छोरा प्रवेश रानाको प्रवेश द्वार भत्किएर टाउकोमा चोट लाग्दा मृत्यु भएको छ ।

उनीसँग प्रवेश द्वार नजिकै खेल्दै गरेका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर पनि भाइते भएका छन् । उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ । कैलाली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.