हसुलियाबाट हिमशिखर सहकारीको सेवा सुरु

अत्तरिया, ११ माघ : हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड हसुलिया सेवा केन्द्रले कैलारी गाउँपालिका-१ हसुलियाबाट हसुलिया सेवा केन्द्रको कार्यालय सञ्चालन गरेको छ । विगत चार वर्ष देखि कैलारी-५ सुर्मिनालाबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेको सहकारी संस्थाले स्थानीयको माग बमोजिम कार्यालय हसुलिया सारेको हो ।

 हसुलिया सेवा केन्द्रको उद्घाटन कैलारी गाउँपालिका अध्यक्ष रामसमज चौधरीले गरेका हुन । अध्यक्ष चौधरीले हिमशिखरले सहकारी संस्थाले यस क्षेत्रको विविध क्षेत्रमा आफ्नो योगदान दिदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तर राख्ने कुरामा विश्वस्त रहेको प्रकास पारे । केन्द्रको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।

हिमशिखरको धनगढीमा मुख्य कार्यालय रहेको छ । कार्यक्रमा सहकारी संस्थाका पदाधिकारी एवं सदस्यज्यूहरु, हसुलिया सेवा केन्द्र उपसमितिका सदस्यज्यूहरु, प्रमुख कार्यालयका व्यवस्थापक, हसुलिया सेवा केन्द्रका प्रमुख एवं कर्मचारीहरु र सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.