अत्तरिया, ११ माघ : गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको घण्टेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । शुक्रबार विद्यालयले अत्तरियाको सुदूरपश्चिम डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरिएको यस शिविरले ५ सय भन्दा बढी विद्यार्थीहरुले सेवा प्रदान गरेका थिए ।
शिविरमा अत्याधुनिक मेसिन र दक्ष डाक्टरहरूको टोलीले दाँतसम्बन्धी सम्पूर्ण चेकजाँच निःशुल्क रूपमा उपलब्ध गराइएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोकुल भट्टले जानकारी दिए । उनले यस शिविरले विद्यार्थीलाई दन्त स्वास्थ्यको महत्वबारे सचेत गराउँदै दन्त सरसफाइ र स्वस्थ जीवनशैलीको अभ्यासमा प्रेरित गरेको बताए ।
शिविरमा दन्त रोगहरूको रोकथाम, दन्त सरसफाइका उपायहरू, र स्वास्थ्यकर खानपानबारे जानकारी प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापनले शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै आगामी दिनमा यस्ता शिविरलाई निरन्तरता दिने योजना रहेको जनाएको छ ।