तराईमा मन्द शीतलहर, सतर्कता अपनाउन अनुरोध

अत्तरिया : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज मधेस प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा विहान हुस्सु देखिए पनि दिउँसो तिर विस्तारै कम हुँदै जाने मौसम पुर्वानसमान महाशाखाले जनाएको छ ।

पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.