Agni Offset Press

शारदा फुटबल लिग : दुर्गालक्ष्मी विजयी, दुर्गाभवानी र क्रिस्टल बराबरीमा

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका– ८ स्याउलेमा भईरहेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय शारदा फुटबल लिग अन्तरगत बुधबार दुई ओटा खेलहरु सम्पन्न भएका छन । बुधबारका खेलहरुमा दुर्गालक्ष्मी नमुना मावि विजयी भएको छ भने दुर्गाभवानी माध्यमिक विद्यालय र वेस्टर्न क्रिस्टल माध्यमिक विद्यालयले बराबरी अंक बाडेका छन ।

बुधबारको पहिलो खेल दुर्गाभवानी मावि र वेस्टर्न क्रिस्टल मावि विच भएको थियो । जसमा दुवै टोलीले १÷१ गोल मात्रै गर्न सके । खेलको पहिलो हाफको १४ औ मिनेटमा वेस्टर्न क्रिस्टलका खेलाडी सुफिसेन्ट तामाङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, तामाङको गोलको अग्रता पहिलो हाफसम्म पनि टिक्न सकेन ।

पहिलो हाफकै २४ औ मिनेटमा दुर्गाभवानीका खेलाडी अनिल धामीले गोल फर्काउदै टिमलाई बराबरीमा उभ्याए । त्यसपश्चात दुवै टिमबाट गोल हुन नसकेपछि दुवैले समान अंक बाडेका हुन । यस्तै बुधबारको दोस्रो खेलमा भने दुर्गालक्ष्मी नमुना माविले सरस्वती माविलाई २–० गोलअन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफमै अग्रता लिएको दुर्गालक्ष्मीले अन्तसम्म त्यसलाई जारी राख्दा जित सुनिश्चित गर्न सफल भएको हो । पहिलो हाफको १०औ मिनेटमै दुर्गालक्ष्मीका सुरेश चन्दले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसमा पहिलो हाफकै १९औ मिनेटमा गोल थपेर एलिस बिष्टले दुर्गालक्ष्मीलाई बलियो स्थितिमा पुर्याएका थिए । त्यसपश्चात दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा दुर्गालक्ष्मीले जित हात पारेको हो । प्रतियोगिता अन्र्तगत बिहिबार ४ वटा खेलहरु खेलाईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई १ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ सय रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्रै सहभागी गराइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.