Agni Offset Press

धनगढीमा मानव सेवा आश्रमले महायज्ञ लगाउँदै

Aarati simant

अत्तरिया : मानव सेवा आश्रमले धनगढीमा भवन निर्माण प्रयोजनका लागि अर्थ संकलनका लागि महायज्ञको आयोजना गर्ने भएको छ । मानव सेवा आश्रमले २३ माघदेखि श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गर्ने भएको हो । आयोजक मानव सेवा आश्रमले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महायज्ञबारे जानकारी दिएको छ ।
३० माघसम्म चल्ने महायज्ञ धनगढी उपमहानगरपालिका-१ को पशुपति टोलस्थित सुदूरपश्चिम महोत्सव हुने स्थानमा लाग्ने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

अधिकारीले महायज्ञबाट मानवता प्रवर्द्वन अभियान अन्तरगत धनगढी शाखाको करीब दुई सय जना सडक मानवलाई व्यवस्थापन गर्नेगरि भवन निर्माण गर्न आर्थिक स्रोत जुटाइने बताए । मानवको मन्दिर निर्माण गरि सहयोगापेक्षी बेसहारा मानवको सेवा प्रदान गर्न, सुदूरपश्चिम प्रदेशलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने, २०८२ सालभित्र सिङ्गो मुलुकलाई सडक मानवमुक्त नेपाल घोषणाको आधार तय गर्न, जेष्ठ नागरिकका लागि मनोरञ्जन केन्द्र स्थापना र मानवता अध्ययन केन्द्रको स्थापना गर्न उदेश्य पनि महायज्ञ आयोजनाका उदेश्य भएको उनी बताउँछन् ।

महायज्ञमा विभित्र सांस्कृतिक झाँकी, कलशयात्रा, भुवा, हुड्केउली, भुवा, गौरा सखियासहित शंखनाद, भजन किर्तनसहित विशाल शोभा कलश यात्रा, प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतंजली योग शिविर, विद्यार्थीका लागि शैक्षिक ज्ञान कार्यक्रम, दैनिक साँझ साढे ४ बजे आरती तथा प्रसाद वितरण गरिने मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए । महायज्ञमा कथावाचक कमलनयन गौतमले बिहान ११ : ३० देखि साँझ ४ : ३० बजेसम्म संगितमय श्रीमद भागवत कथा वाचन गर्नेछन् ।

यस्तै, पञ्चायन पुजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पुजा, महामृत्युञ्जय, जप, पाठ परायण हुनेछ ।
महायज्ञमा स्वास्थ शिविर, फोटो प्रदर्शनी, प्रसाद वितरण पनि गरिने आयोजकले जनाएको छ । महायज्ञबाट भवन निर्माणका लागि कम्तिमा पाँच करोड संकलन हुने अपेक्षा गरिएको छ भने ४० लाख जति व्यवस्थापन खर्च हुने मूल आयोजक समितिले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.