सांसद देवकोटाद्वारा गेटाको सरस्वती माध्यमिक विद्यालयमा आईसीटीकम्प्युटर ल्यावको उद्घाटन

अत्तरिया, २१ माघ : गेटाको सरस्वती माध्यमिक विद्यालयमा आईटी ल्यावको सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाद्वारा उद्घाटन गरिएको छ । सोमबार विद्यालयमा आयोजित ६६ औं वार्षिक साधारणसभा तथा सरस्वती पूजा (श्रीपञ्चमीको) अवसर पारेर प्रमुख अतिथिमा आमन्त्रित सांसद देवकोटाले उक्त ल्यावको उद्घाटन गरेकी हुन् ।
उक्त ल्याब निर्माण गर्न प्रदेश सांसद तुलसी देवकोटाको पहलमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आब ०८०\०८१ मा २५ लाख बराबरको रकम बजेट उपलब्ध गराएर स्थापना गरिएको हो ।
प्रदेश सभा सदस्य देवकोटाले विद्यार्थीहरूलाई अहिलेको समयमा नयाँ प्रविधिहरूसँग जोड्न आईसीटी ल्याबको स्थापना गर्न यस स्वस्वती माध्यमिक विद्यालयमा महत्वपूर्ण पहल गरिएको जुन सफल भएको बताईन् । उनले विद्यार्थीहरूको शैक्षिक क्षेत्रलाई अझ प्रगतितर्फ उन्मुख गराउन मद्दत पुगाउने र आईसीटी ल्याबको माध्यमबाट विद्यार्थीहरूले आवश्यक डिजिटल सीप र प्रविधि शिक्षा प्राप्त गर्न सक्ने विश्वास गरिन् । उनले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास रहेको बताइन् ।
उनले आगामी दिनहरूमा पनि यस विद्यालयको भौतिक पूर्वाधार तथा अन्य विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ल्यावमा सुविधायुक्त फर्निचरहरु, २० वटा कम्प्युटर, १ वटा स्मार्ट बोर्ड रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.