कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

अत्तरिया : कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद गरिएको छ। भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६ लाख ६६ हजार ७३० मूल्य बराबरको आईफोन, आईफोन कभर, आईफोन डाटा केवल, फलामे कुटो, सुर्ती, ग्यास चुलोका बिभिन्न पाटपुर्जा, प्रेसर कुकरका बिभीन्न सामाग्री लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी सोमवार नियन्त्रणमा लिएको हो।

उक्त सामान धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, गोदावरी नगरपालिका–४ गोदावरी नजिक र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित टिकापुर–खक्रौला सडक खण्डबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.