
अत्तरिया, २२ माघ : गौरीगंगा नगरपालिकाको वडा न.६ मा रहेको बिणा विद्या मन्दिर माध्यामिक विद्यालयको २० औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाईएको छ ।
हप्ताव्यापी रुपमा सञ्चालन गरिएको विद्यालयको बार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता, फुड फेस्टिबल, खेलकुद, गायन, नाटक, नृत्य लगायत विविध कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब मनाइएको हो ।
बिणा विद्या मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेल रहेका थिए गौरीगंगा नगरपालिका वडा न.६ का वडा अध्यक्ष टेकबहादुर कुवँर बिशिष्ट अतिथि थिए ।
बार्षिकोत्सव समापन समारोहमा २०८० सालको नगर स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हुने विद्यार्थीलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, नगद दुई हजार, द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, नगद एक हजार ५ सय र तृतीय स्थान हासील गर्ने विद्यार्थीलाई प्रमाणपत्र नगद एक हजार सहित पुरस्कृत गरिएको हो । त्यस्तै उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई प्रमाणपत्र, नगद एक हजार रुपैयाँ सहित पुरस्कृत गरिएको विद्यालयका शिक्षक प्रतिनिधि तथा कार्यक्रम सञ्चालक शेरबहादुर बडैलाले जानकारी दिए ।
बार्षिकोत्सव समापन समारोहमा हरेक बर्ष १ जना शिक्षक र १ जना विद्यार्थीलाई उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीको उपाधी यसपटक शिक्षकतर्फ लालबहादुर खड्का र विद्यार्थीतर्फ कक्षा ९ मा अध्ययनरत छात्रा निशा ओझाले पाएका छन । विद्यालयबाट कक्षा ८ पास गरि २०७८ मा अन्य विद्यालय अध्ययन गरि २०८० सालमा सञ्चालित एसईई परीक्षामा उत्कृष्ट अंकका साथ उतिर्ण हुने (१ प्लस ल्याउने ) निखिल साउँद लगायत ५ जनालाई प्रमाणपत्र सहित नगद एक हजार रुपैयाका दरले पुरस्कृत गरिएको थियो । त्यस्तै नगरपालिकास्तरीय खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा सहभागी भएर बिजेता बन्नु भएका विद्यालयका सहभागी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाणपत्र दिईएको थियो ।
विद्यालयलाई विविध रुपले सहयोग गर्ने ४ जना स्थानीय अभिभावक एवं समाजसेवीलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा रानीफाँटा सामुदायिक बन उपभोक्ता समितिका कोषाध्यक्ष बहादुर साहु, बिणा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी पुरन सिं, अमर माध्यामिक विद्यालयका प्रधानाध्यापक उजिर सिंह कुवँर, विद्यालयका पुर्ब लेखा संयोजक झपट साउँद रहेका थिए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक लक्ष्मण बिक्रम शाहीले स्वागत मन्तव्य गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छा, विद्यालयका पुर्ब अध्यक्ष एकम छेडाल, अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुवँर, जुपिटर एकेडेमीका प्रधानाध्यापक मनिराम धामी, कैलाली भिजन इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ध्वजबहादुर बोगटी, बिणा ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष पुरन सिं कडायत, सान्नीकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बहादुर खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । २०६२ सालमा ५ जना विद्यार्थी बाट सुरुवात गरिएको सार्वजनिक गुठी विद्यालयमा हाल ६ सयको हाराहारीमा विद्यार्थी रहेका छन ।
