Agni Offset Press

बर्दगोरियामा बालिकामाथि सामूहिक बलात्कार

Aarati simant

अत्तरिया : कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।
बालिकालाई शनिबार सामूहिक बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार गोपालले बालिकालाई मासु पकाएर आफ्नो पसलमा ल्याउन भनेका थिए । मासु दिन गएकी बालिकालाई पसलको कोठा लगेर दुवै जनाले करणी गरेका जनाइएको छ । बिहीबारमात्रै धनगढीमा पनि एक बालिकामाथि बलात्कार भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.