Agni Offset Press

धनगढीमा पर्सीबाट सीसीएस कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

Aarati simant

अत्तरिया, २ फागुन : धनगढी रंगशालामा पर्सी (आइतबार) देखि ९ गतेसम्म तेस्रो सीसीएस कप अन्तरविद्यालय खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
“खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा धनगढी उपमहानगर र गोदावरी नगरपालिकाका विभिन्न विद्यालयहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका साथै आत्मविश्वास, अनुशासन, सामाजिक एकता, मनोरञ्जन र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने विश्वास गरिएको लिएको छ । विद्यालय तहबाट आयोजित यस प्रकारका प्रतियोगिताले खेलाडीलाई प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको सिसिएस कलेजका अध्यक्ष हरि रेग्मीले बताए ।
प्रतियोगितामा आयोजकका २ टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेता टिमले नगद ८५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकर्तालाई २ हजार ५ सय, उत्कृष्ट गोलरक्षकलाई २ हजार ५ सय प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा ह्याट्रिक गर्ने खेलाडीलाई एक हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा स्थानीय, जिल्ला तथा प्रदेशस्तरका खेलाडी, प्रशिक्षक, व्यवस्थापक गरी करिब ३ सय जना प्रत्यक्ष रूपमा सहभागी हुनेछन् । यसका साथै, प्रतियोगिता अवधिभर करिब ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । धनगढी नगरका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, खेलप्रेमी दर्शक तथा अन्य नगरपालिका र गाउँपालिकाका नागरिकहरूको उल्लेखनीय सहभागिता रहनेछ । खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.