Agni Offset Press

कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

Aarati simant

अत्तरिया : कैलालीको भजनीबाट एक किशोरी बेपत्ता भएकी छन् । भजनी नगरपालिका–३ पडरियाका सुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे १ बजे कसैलाई थाहा नदिएर घरबाट निस्किएकी डगौरा अबेर रातिसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी उनको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.