धनगढीमा श्रीप्रसादम् कार्यक्रमको उद्घाटन हुँदै, २० रुपैयाँमा खाना खुवाइदैँ

अत्तरिया, १३ फागुन : धनगढीमा श्रीप्रसादम् कार्यक्रमको उद्घाटन हुने भएको छ । शिवरात्रीको अवसरमा श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीज्यु महाराजबाट भोली (बुधबार) उद्घाटन हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अवसरमा रु २० मा शुद्ध शाकाहारी भोजन खुवाइने छ । धनगढीका विभिन्न ठाँउमा विहान ९ बजे देखी दिउसो १ बजे सम्म बेलुकी ६ बजे देखी ८ बने सम्म खुवाई आयोजक रिसिकेस पीठ र्धम संंरक्षण सम्वद्र्धन समितिका संयोजक पुस्करनाथ ओझाले बताए । महाशिवरात्री पर्वको अवसरमा सिद्धाश्रमका योगेश्वर, परमहंस स्वामी, सदगुरूदेव हरुको सहभागिता रहने छ । कार्यक्रममा सबैलाई सहभागि भएर कार्यक्रमको सोभा बढाईदिने आयोजकले अनुरोध समेत गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.