Agni Offset Press

गोदावरी नगरद्वारा स्मार्ट शिक्षा प्रवर्द्धनका लागि शैक्षिक सामग्री वितरण

Aarati simant

अत्तरिया, १५ फागुन : गोदावरी नगरपालिकाका विद्यालयहरूमा स्मार्ट शिक्षा लागू गर्न शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले स्मार्ट शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रविधि–आधारित शिक्षण सामग्री वितरण गरेको हो ।
नगरपालिकाले स्मार्ट टकिङ टिचर, इसिडि बुक सेट, तह १ को किताब सेट, इसिडिको किताब सेट, विद्यालयका लागि विद्यार्थी किताब सेट, स्मार्ट टकिङ पेन, स्पिकर, तथा मोबाइल एप्सजस्ता आवश्यक शैक्षिक सामग्रीहरू विद्यालयहरूको विद्यार्थी संख्याका आधारमा प्रदान गरेको छ । गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीका अनुसार, यी सामग्रीहरूले विद्यार्थीहरूको सिकाइलाई अन्तरक्रियात्मक र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू भएका छन् । विशेष गरी गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि शिक्षक समायोजन, नगर शिक्षक योजना, तथा शिक्षक नभएका विद्यालयमा नगर शिक्षक व्यवस्थापन जस्ता कार्यक्रमहरू अघि बढाइएको छ । साथै, स्मार्ट शिक्षाजस्ता योजनाहरूलाई प्राथमिकतामा राखी नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख भट्टले जनताको आवश्यकतालाई ध्यानमा राख्दै योजनाबद्ध र दिगो विकासमार्फत नगरपालिकाको समृद्धिमा योगदान पु¥याइरहेका बताएका छन् । नगरवासीको जीवनस्तर उकास्न शिक्षा, प्रविधि, र पूर्वाधार विकासका क्षेत्रमा उनले चालेका कदमहरू निकै प्रभावकारी रहेका छन् ।
गोदावरी नगरपालिकाले पहिलो चरणमा १३ वटा विद्यालयलाई डिजिटल युग अनुरूप प्रविधि र भौतिक सहयोग प्रदान गर्ने योजना अघि बढाएको छ । शिक्षा शाखा प्रमुख जोशीका अनुसार, स्मार्ट शिक्षा मार्फत विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइका अवसरहरू उपलब्ध गराई शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य रहेको छ । साथै, ग्रामीण तथा पछाडि परेका समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासम्मको पहुँच सुनिश्चित गरिनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.