काँग्रेसका नेता तथा अत्तरिया खानेपानीका अध्यक्ष जोशीको निधन

अत्तरिया : अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ । एक्कसी हिजो बिरामी भएपछि बिहिबार सेती अस्पतालमा भर्ना भएका जोशीको राती नै निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

गोदावरी नगरपालिका–४ निवासी जोशी हिजो दिउँसो मात्रै काठमाण्डौबाट घर फर्किएका थिए । उनी अचानक अचेत भएपछि बिहिबार नै सेती अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बोलचाल गर्न थालेका जोशीको राती साढे १२ बजे निधन भएको जनाएको छ । लामो समय देखि सामाजिक कार्यमा सक्रिय जोशी अत्तरियाका बिभिन्न संघसस्थामा आवद्ध थिए । अत्तरिया एक सामाजिक व्यक्ति गुमाउँदा ठूलो क्षति पुगेको छ। उनी एक सच्चा समाज सेवक, बहुदल स्थापनामा महत्पूर्ण योगदान गरेका व्यक्ति हुन् उनी नेपाली कांग्रेसका नेता, किसान संघ का पुर्व जिल्ला अध्यक्ष समेत रहेका राजनीतिक कार्यकर्ता समेत थिए ।
अत्तरिया क्षेत्रमाअभिवाक रुपमा परिचित जोशी निस्ठावान,चरित्रवान अनुसासित ब्याक्तिका रुपमा परिचय बनाएका समाजमा एक अथक राजनिक समाजिक योद्दा भनेर चिनिन्थे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.