
अत्तरिया, १६ फागुन : सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीमा अवस्थित राइजिङ स्टार इङ्लिस स्कुलले शुक्रवार आफ्नो ७ औँ वार्षिकोत्सव प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जोशीलाई सम्मानित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य धर्म पाठक र विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले उपकुलपति जोशीलाई दोसल्ला र अभिनन्दन पत्रसहित सम्मानित गरेका हुन । विगत ३५ वर्षदेखि शिक्षा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा जोशीले पु¥याएको विशिष्ट योगदानका लागि उपकुलपति जोशीलाई राइजिङ स्टार सम्मान प्रदान गरिएको प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।
सम्मानपछि वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दे उपकुलपति जोशीले राइजिङ स्टारले छोटै समयमा लोकप्रियता हासिल गरेकोमा खुसी लागेको बताए । उनले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा विद्यालयले फड्को मारेको बताउँदै कला र संस्कृतिको विकासमा पनि विद्यालयले महत्वपूर्ण योगदान पु¥याएको बताए ।
उपकुलपति जोशीले विद्यालयले आफूले समाजमा पु-याएको योगदानका लागि सम्मानित गरेकोमा आभारसमेत प्रकट गरेका छन् । वार्षिकोत्सव समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरू र अभिभावकहरूलाई पनि सम्मानित गरिएको थियो । समारोहमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. प्रदीप मिश्र, कैलाली क्याम्पसका सह प्रा. सीताराम भट्ट, एसपिएका उप प्रा. बलराम भट्ट, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थ पन्त लगायतलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूका आकर्षक प्रस्तुतिहरू राखिएका थिए । उक्त विद्यालयमा झन्डै ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
