Agni Offset Press

लागुऔषधका कारण समाजमा अपराध बढ्यो : गृहमन्त्री लेखक

Aarati simant

काठमार्डौ, १७ फागुन : गृहमन्त्री रमेश लेखकले लागुऔषधका कारण समाजमा अपराध बढी रहेको वताएका छन । उनले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित लागूऔषध विरूद्धको महाअभियान कार्यक्रमको उद्घाटन गर्दै सो कुरा वताएका हुन् ।
समाजमा घातक चुनौतिको रूपमा देखा परेको लागूऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारीरहेको उनले वताए । यो चुनौतीको रुपमा हाम्रो अगाडि खडाभएको वताउदै उनले भने यस्लाइ समयमै निराकरण गर्न सकिएन भने भबिष्यमा ठुलो रुपनलेला भन्न सकिन्न ।
गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने वताए ।
यस्को समाधान सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाई छ । लागूऔषध दुव्र्यवसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागीता, समन्वय, साझेदारी र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनीकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताए ।
व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उनले उल्लेख गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.