सृजनशील स्पोर्ट्स लिग भलिबल उपाधि सिवाईसी लामिताललाई

अत्तरिया : सृजनशील युवा क्लबद्वारा आयोजित सृजनशील स्पोर्ट्स लिग अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि सिवाईसी लामितालले हात पारेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा सिवाईसी लामितालले सशक्त प्रदर्शन गर्दै सिवाईसी भल्का धामलाई लगातार दुई सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो।

प्रतियोगिता सृजनशील युवा क्लबको चौथो संस्करणको प्रमुख आकर्षण मध्ये एक रहेको थियो। भलिबल तर्फ सम्पन्न फाइनल खेलमा मान बहादुर ऐर र भूपाल भाटले उत्कृष्ट प्रदर्शन गर्दै लामिताललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगिता भर शानदार खेल देखाएका मान बहादुर ऐरलाई ूम्यान अफ द सिरिज घोषणा गरिएको थियो।

विजेता टोली सिवाईसी लामिताललाई ट्रफी सहित रु ५० हजार पुरस्कार प्रदान गरिएको छ भने उपविजेता सिवाईसी भल्का धामलाई रु. २५ हजार प्रदान गरिएको थियो।
स्पोर्ट्स लिग अन्तर्गत भलिबल प्रतियोगिता फागुन २६ गतेबाट सुरू भएको थियो। भने क्लवले क्रिकेट प्रतियोगिता पनी सम्पन्न गरीसकेको छ। अब लिगको अन्तिम प्रतिस्पर्धा फुटबल प्रतियोगिता हुने, जसलाई चैत २ गतेदेखि सृजनशील खेल मैदानमा सञ्चालन गरिने भएको आयोजकले जनाएको छ।

सृजनशील युवा क्लबले खेलकुद प्रतियोगितामार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। क्लबका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.