विद्युतीय धरापमा परेर हात्तीको मृत्यु प्रकरण, लालझाडीका एक जना पक्राउ

अत्तरिया : कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली जनावर मार्न थापिएको विद्युतीय धरापमा परेर एक वयस्क भाले हात्तीको मृत्यु भएको छ। फागुन ७ गते भएको घटनामा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको छ।

लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीका अनुसार रानाकै खेतमा मृत हात्ती फेला परेको थियो। घटनास्थलमा विद्युतीय धरापका लागि प्रयोग गरिएको ग्याबिन तारसमेत भेटिएको थियो। हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापकै कारण मृत्यु भएको पुष्टि भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.