कञ्चनपुर घर भएका दुई दिदी बहिनी एकै पटक सरकारी जागीरमा प्रवेश

अत्तरिया  : कञ्चनपुरको भीमदत्त नगरपालिका ८ का एउटै परिवारका दुई दिदी बहिनी एकै पटक सरकारी जागीरमा प्रवेश गरेका छन । बुवा जयसिंह धामी र आमा कमलादेवी धामी की माइली छोरी देवकी धामी निम्न माध्यमिक तृतीय श्रेणीमा सफल भई बझाङ जिल्लामा सिफारिस भएका हुन र कान्छी छोरी उर्मिला धामीले प्राथमिक तृतीय श्रेणीको अछाममा सिफारिस भईन।

उनीहरुको संघर्षको कुरा गर्दा सामान्य परिवारमा हुर्किएका र आफ्नो अध्ययन सँग संगै संस्थागत विद्यालयमा शिक्षण पेशामा आवद्ध भई आफ्नो मास्टर डिग्री सकाएर शिक्षक सेवा आयोगको तयारी लाई पनि निरन्तरता दिँदै असम्भव लाई पनि सम्भवको उदाहरण बनाएर देखाएको र परिवारमा सफलताले उत्साह र पछिल्लो पुस्तालाई पनि ऊर्जा थपेको उनले बताइन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.