अत्तरिया : गेटा अस्पतालमा एक महिलाको पाठेघरमा करिब २ किलो को ट्युमरको अप्रेसन गरिएको छ । अछामको साँफेबगर घर भएकी बर्ष ४२ कि चन्द्रकला भाटको पाठेघरमा अप्रेसन गर्दा उक्त ट्युमर निकालिएको हो ।
अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. जगदीश चन्द्र बिष्ट नेतृत्वको टिमले उक्त अप्रेसन गरेका हुन । यस अघि पनि पाठेघर फाल्ने अप्रेसन हुँदै आएको भएपनि यति ठुलो ट्युमर भएको अप्रेसन भने पहिलोपटक भएको अस्पताल जनाएको छ ।