अत्तरिया : धनगढीमा सम्पन्न टेक्नो मोवाइल अनुपमा भेट्रान क्रिकेट लिग–२ को उपाधी महेन्द्रनगर वारियर्सले हात पारेको छ । धनगढीको चन्द्रसुर्य खेल मैदानमा भएको फाईनल खेलमा पिएफए अत्तरीयालाई ५ विकेटले हराउदै उपाधी हात पारेको हो । महेन्द्रनगरले उपाधिसंगै नगर ७५ हजार सहित ट्रफि र मेडल हात पारेको छ । यस्तै उपबिजयता बनेको पिएफए अत्तरीयाले ३५ हजार ट्रफि र मेडलमा चित्त बुझाएको हो ।
टस जितर व्याटिङ गरेको पिएफए निर्धार २० मा १० विकेट गुमाउँदै १ सय ४४ रन बनायो । जवाफि व्याटिङमा उत्रिएको महेन्द्रनगरले १७.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो । खेलमा उत्कृष्ट व्याड्स म्यान निरज चन्द, उत्कृष्ट वलर गोविन्द भट्ट, सर्वाेत्कृष्ट खेलाडी अरुण भण्डारी घोषित भए । उनीहरु सबै पिएफए अत्तरीयाका खेलाडी हुन ।
खेलमा विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री माननीय रमेश धामीले पुरुष्कार बितरण गरेका हुन् । अनुपमा बेकरीका सन्चालक दिनेश पन्तको सभापतित्वमा सम्पन्न पुरुस्कार वितरण कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष राजवहादुर ऐर, पुर्व वडाध्यक्ष बलबहादुर ऐर लगायत खेलप्रेमि, खेलाडी लगायतको सहभागिता रहेको थियो ।
अनुपमा बेकरीको आयोजनामा सम्पन्न प्रतियोगितामा ३३ वर्षमाथिका खेलाडीले मात्रै सहभागिता रहेको छ । प्रतियोगितामा कैलाली, कन्चनपुर र नेपालगन्जका १२ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु