तीनकुनेमा राजावादीको प्रदर्शन तितरबितर, निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले गर्‍यो बल प्रयोग

अत्तरिया : काठमाडौंको तीनकुने क्षेत्र तनाव ग्रस्त बन्न पुगेको छ । तीनकुनेबाट राजावादी प्रदर्शनकारीहरू निषेध क्षेत्र तोड्दै बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको देखिन्छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार पनि गरिरहेका छन् । स्थानीयहरूको घरहरूमा समेत ढुङ्गा प्रहार भएको छ । कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर राजावादी नेता हिँडेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.