आर्थिक लेनदेनको आरोपपछि सुदूरपश्चिमका बनमन्त्रीद्वारा राजीनामा

अत्तरिया : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।

लगत्तै मन्त्री चौधरीले पत्रकार सम्मेलन गरी नैतिकताका आधारमा आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई समक्ष राजीनामा पत्र बुझाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.