कैलारीमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु

अत्तरिया : कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले दुर्घटनामा २७ जना घाइते भएको बताएका छन् । घाइते मध्ये १२ जनाको सेती प्रादेशिक अस्पताल र १५ जनाको धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना गम्भीर, १२ जना मध्यम र १२ जना समान्य घाइते रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.