दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मञ्च गठन

अत्तरिया, १६ चैत : गोदावरी नगरपालिकाको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा विभिन्न तहमा अध्ययन पूरा गरेका पूर्व विद्यार्थीहरूको भेलाबाट ‘पूर्व विद्यार्थी मञ्च’ गठन गरिएको छ । शनिबार सम्पन्न भेलामा उपस्थित पूर्व विद्यार्थीहरूको सहभागिता सँगै तदर्थ समिति चयन गरिएको हो ।
तदर्थ समितिको अध्यक्षमा नारद प्रसाद भट्ट चयन भएका छन् भने उपाध्यक्षमा राजन आचार्य, सचिवमा तेज बहादुर खड्का, कोषाध्यक्षमा यशोदा भट्ट, सह–सचिवमा जानुका बराल चयन गरिएका छन् । त्यस्तै, सदस्यहरूमा पूर्ण कुँवर, लोकराज भट्ट, राजन खड्का, दीपक बोहरा, शंकर खड्का, र मुन्ना दमाई रहेका छन् ।
यसैगरी, सल्लाहकार समिति शिक्षक शिवराज जोशीको संयोजकत्वमा सदस्यहरूमा धर्म देव नौन्याल, चूडामणि गजुरेल, कविराज भट्ट, प्रेम राज भट्ट, कमल कडायत, हेमराज न्यौन्याल, दिलीप साउद, र हरी भट्टराई रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले मञ्चको मुख्य उद्देश्य विद्यालय सेवा क्षेत्रमा रहेका आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.