दुर्गा लक्ष्मी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव धुमधाम साथ मनाउने

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्य रूपमा मनाउने तयारी थालेको छ ।
स्वर्ण महोत्सवको मूल समारोह समिति बैठकले आईतबार विद्यालयमा बुद्धिजीवी, समाजसेवी, पूर्व विद्यार्थी, शिक्षाविद्, पूर्व पदाधिकारी लगायत अग्रज व्यक्तित्वहरूलाई सहभागिता गराइ स्वर्ण महोत्सवको पूर्व तयारीको लागि छलफल गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले २०३० सालमा स्थापना भएको यस विद्यालयले निरन्तर प्रगतिको यात्रा तय गर्दै ५० वर्ष पूरा गरी ५१ औं वर्षमा प्रवेश गरेको साथै यो ऐतिहासिक अवसरलाई विशेष बनाउन विद्यालयले आगामी चैत २७, २८, र २९ गते भव्य स्वर्ण महोत्सवको आयोजना गर्न लागेको बताए ।
उनले महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको र स्वर्ण महोत्सव स्तम्भ निर्माण, खेलकुद प्रतियोगिता, मूल पुस्तक प्रकाशन तथा विविध अतिरिक्त क्रियाकलापहरू सम्पन्न गर्ने योजना बनाइएको बताए । आवश्यक अन्य कार्यहरूबारे पनि निरन्तर छलफल भइरहेको प्रधानाध्यापक जोशीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत समाजसेवी, शिक्षक, तथा विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू समावेश गरिनेछ । महोत्सवको उद्घाटन विद्यार्थीहरूले परम्परागत बाजागाजा बजाएर भव्य रूपमा गर्ने भएको बताए । स्वर्ण महोत्सव विद्यालयको गौरवशाली इतिहासको स्मरण मात्र नभई भावी शिक्षाको मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ ।

यस्तै “हाम्रो इच्छा घर घरमा शिक्षा“ भन्ने नारा सहित बिधालय स्थापनाको ५० बर्ष पुगेको अबसर पारेर स्वर्ण जयन्ती मनाउन लागिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए ।
विद्यालयको स्वर्ण महोत्सव ३ दिन सम्म हुने छ । यस क्षेत्रको उतस्बको रूपमा स्वर्ण महोत्सवको विभिन्न समितिहरु बनाएर कार्यहरू तयारी थालिएको अध्यक्ष शाहले बताए । ३ दिन सम्म विविध सांस्कृति ककार्यक्रम, संस्थापकहरुलाई सम्मान , बिज्ञान प्रदर्शनी , साहित्यिक कार्यक्रम, शिक्षा विद्हरु माझ प्यानल डीस्क्सन समेत गरिने भएको बताए लगायत अ कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.