दुर्गा लक्ष्मी मावि पूर्व विद्यार्थी मञ्चको आयोजनामा ‘दुर्गालक्ष्मी दौड’ म्याराथन प्रतियोगिता आयोजना हुँदै
अत्तरिया, २१ चैत : गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले स्वर्ण महोत्सवको अवसर पारेर हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले यही चैत २९ गते विद्यालयको स्वर्ण महोत्सव उपलक्ष्यमा म्याराथन दौड प्रतियोगिता हुने भएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । “दुर्गालक्ष्मी दौडिन्छ“ नाराका साथ आयोजना हुने हाफ म्याराथन प्रतियोगिताको उद्देश्य खेलकुद प्रवद्र्धन गर्दै विद्यार्थी र स्थानीय युवाहरूलाई शारीरिक रूपमा सक्रिय राख्नु रहेको आयोजकले जनाएको छ । केही दिनअघि मात्रै गठन भएको पूर्वविद्यार्थी मञ्चले विद्यालयमा अध्ययन गरेका विश्वभर रहेका विद्यार्थीहरूलाई भावनात्मक रूपमा जोड्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको मञ्चका सचिव तेज खड्काले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुकले २८ गते बेलुका ७ बजे सम्म नाम दर्ता गराउन आयोजकले आग्रह समेत गरेको छ । भने सहभागीले नाम दर्ता शुल्क ५ सय रहेको छ । हाफ म्याराथन दौडमा सहभागी हुने मध्ये प्रथम हुनेलाई २१ हजार १११ नगद पुरस्कार रहेको छ । यस्तै दृतियलाई ११ हजार १११ र तृतीयलाई ५ हजार १११ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त दौड प्रतियोगिता दुर्गालक्ष्मी माविको विद्यालयको प्राङ्गण बाट सुरु भई गोदावरीको वनदेवी मन्दिर सम्म र वनदेवी देखि पुन विद्यालयमा पुग्नु पर्ने छ । कार्यक्रमको तयारी पूरा भइसकेको र खेलप्रेमी, विद्यार्थी तथा स्थानीयको उत्साहजनक सहभागिता अपेक्षित रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतिवेदनमा प्रदेश निजामती सेवा नियमावली, संघीय सरकारको कार्यविधि समेतको आधारमा कार्य प्रकृति, कार्य बोझ, आवश्यकता, औचित्य, सान्दर्भिकता समेत हेरी वर्तमान सङ्गठन संरचनाको वृहत् अध्ययन विश्लेषणका आधारमा प्रस्तावित संरचना प्रस्ताव गरिएको छ । संरचनाले हाल कायम कुल दरबन्दी संख्यामा कुनै थप नहुने गरी भइरहेको दरबन्दीको पुनरावलोकन, विवेचनात्मक र विश्लेषणात्मक विधिबाट सिफारिस गरिएको छ । प्रदेश सचिव झलकराम अधिकारीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले यही चैत २७, २८ र २९ गते विद्यालयले भव्यताका साथ स्वर्ण महोत्सव मनाउने भएको साथै तयारी तिब्र गतिमा अघि बढाइरहेको बताएका छन् ।