Agni Offset Press

धनगढीमा प्रदेशस्तरिय किशोर र किशोरी सम्मेलन : प्रहरीमा पुग्दैनन् बाल विवाहका उजुरी

Aarati simant

अत्तरिया, २५ चैत : समाजमा व्याप्तरुपमा बाल विवाह हुने गरेको बताए पनि त्यो अनुसार प्रहरीमा उजुरी नपरेको पाइएको छ । सोमबार धनगढीमा भएको प्रदेशस्तरिय किशोर र किशोरी सम्मेलनमा प्रहरीले प्रस्तुत गरेको तथ्यांकमा न्यून मात्रामा प्रहरीमा उजुरी पर्ने गरेको पाइएको हो । प्रदेशस्तरिय किशोरी सञ्जालले गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा तीन बर्षमा ७ वटा उजुरी परेको तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक बर्षको ९ महिनामा एक मात्र उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दिपकबहादुर धामीले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरेको छ । यस्तै आर्थिक बर्ष २०७८\०७९ मा पनि एक जनाको मात्र उजुरी परेको पाइएको छ । आर्थिक बर्ष २०७९\०८० को २ जनाको उजुरी परेको छ भने आर्थिक बर्ष २०८०\०८१ मा ३ जनाको उजुरी परेको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बाल विवाहजन्य कुरुति रोक्नका लागि सरकारप्रतिबद्ध रुपमा लागि परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सबैको सहयोगले मात्र बाल विवाहमुक्त प्रदेश घोषणा हुने धारणा व्यक्त गरे ।
यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले पहिलेको भन्दा केहि सुधार भएको बताए । उनले समाजका कारण पछिल्लो समय महिलाहरु गर्भपतन गराउन बाध्य भएको उल्लेख गरे । त्यस्तैगरी कार्यक्रममा प्रदेश सासद ललिता सुनारले भएका कानुन कार्यान्वयन नहुँदा समस्या भईरहेको धारणा व्यक्त गरिन् । समाजमा उमेर नपुग्दै विवाह गर्दा शारीरिक तथा मानसिक समस्या हुने गरेको उनले बताईन् । यस्तै नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण जैशीले बाल विवाह हुनुमा समाज नै बाधक भएको बताए । अहिले सामाजिक सञ्जालले गर्दा पनि विकृति फैलिएको उनको बुझाई रहेको थियो । कार्यक्रममा लम्की चुहा नगरपालिका उपप्रमुख जुना चौधरीले महिलाहरुलाई धेरै नै भूमिका रहेको बताईन् । यस्तै जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले बाल विवाह अन्त्यका सबै जुट्नुपर्ने बताए ।
सम्मेलनमा प्रदेशभरका किशोररकीशोरीहरुले बाल विवाहका बारेमा वहस गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेकी सञ्जालकी अध्यक्ष दिपिका सुनारले बाल विवाह अन्त्यका लागि राज्यले कानुन कार्यान्वनमा जोड दिइन् । उनले बालबालिकाहरु आफै सक्षम भएमा कुनै प्रकारको समस्या नहने बताईन । आईतबार देखि सञ्चालन भएको सम्मेलन आज (मंगलबार) समापन हुने छ । बाल विवाहका विभिन्न अभियानहरु पनि सञ्चालन हुने गरेका छन् । यसले गर्दा बाल विवाह अन्त्य गर्नमा जोड पुगेको कार्यक्रमका सहभागिहरुको भनाई रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमका ९ जिल्लाका किशोररकीशोरीहरुको सहभागिता रहेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.