दार्चुलामा लडेर बेहोस् भएका अहेवको निधन

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाका सिनियर अहेव दिनेशप्रसाद जोशीको निधन भएको छ । मालिकार्जुन–६ को उकु स्वास्थ्य चौकीमा कार्यरत जोशीको सोमवार उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । जोशी सोमवार बिहान ११ बजे स्वास्थ्य चौकीमै लडेर बेहोस भएका थिए । जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु-याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको हो ।

जोशीको निधनको शोकमा गाउँपालिकाले मङ्गलवार विदा दिएको छ । मालिकार्जुन गाउँपालिकाभित्र अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू मङ्गलवार बन्द रहने छन् । जिल्लाकै लेकम गाउँपालिका–३ मकन्ना पुख्र्यौली घर भएका जोशीको परिवार हाल कञ्चनपुर बस्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.