अछामको जयगढ बजारमा भीषण आगलागी

अछाम : अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ। आगलागीका कारण बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.