Agni Offset Press

दुर्गालक्ष्मी माध्यामिक विद्यालयको स्वर्ण महोत्सव, प्रदेश प्रमुख द्वारा उद्घाटन

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सवका अवसरमा स्वर्ण महोत्सवको आयोजना गरेको छ ।
विद्यालयको ऐतिहासिक यो क्षणलाई विशेष बनाउने उद्देश्यले आयोजना गरिएको तीनखदिने स्वर्ण महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक विशेष समारोहका बीच गरेका हुन । उद्घाटन कार्यक्रममा उनले विद्यालयको पाँच दशक लामो शिक्षायात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा लाग्न आग्रह गरे ।
कार्यक्रममा स्वर्ण महोत्सव स्मारकको अनावरण गरिनुका साथै ‘दुर्गालक्ष्मी स्मारिका’को विमोचन पनि गरिएको छ । उक्त स्मारिकामा विद्यालयको स्थापना, इतिहास, प्रगति यात्रा, पूर्व विद्यार्थीको अनुभव, हालका उपलब्धि तथा भावी योजनाहरू समेटिएका छन् । स्वर्ण महोत्सवलाई भव्य बनाउँदै तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा विद्यार्थीहरूबीच शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, वक्तृत्वकला तथा कविता वाचन जस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन् । स्वर्ण महोत्सवको अवसरमा रक्तदानको समेत आयोजना गरेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय सरकार तथा समाजका अगुवाहरूको सक्रिय सहभागितामा महोत्सव सफल बनाउने लक्ष्य लिइएको छ । विद्यालयका प्रधानाध्यापकले स्वर्ण महोत्सवलाई शिक्षामार्फत समाज रूपान्तरणको अभियानका रूपमा पनि प्रस्तुत गरेका छन् । उक्त अवसरमा स्थानीय समुदाय, अभिभावक, पूर्व विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.