रोजगार सम्झौता र न्यूनतम ज्यालामा जिम्मेवार भईदिनुहोस् : श्रम कार्यालय प्रमुख उखेडा

अत्तरिया : श्रम तथा रोजगार कार्यालय कैलालीका कार्यालय प्रमुख जनकसिंह उखेडाले रोजगार दातालाई सम्झौता र न्यूनतम ज्यालामा जिम्मेवार भईदिन अनुरोध गरेका छन् । बिहिबार धनगढीमा भएको श्रम अडिट सम्बन्धि विद्यमान कानुन प्रावधान आवश्यकता र महत्व बारे भएको अन्तरक्रिया कार्यक्रममा यस्तो अनुरोध गरेका हुन । ‘राज्यले निर्धारण गरेको मापदण्ड भित्र रहेर रोजगार सम्झौता र न्यूनतम ज्यालामा जिम्मेवार भईदिनुपर्यो’, उनले भने । ‘यसले गर्दा स्वंयम संस्थालाई पनि फाईदा पुग्छ ।’ राज्यले अहिलेको अवस्थामा न्यूनतमा श्रमिकको ज्याला मासिक १७ हजार ३ सय तोकेको छ । यो ज्याला हरेक दुई बर्षमा हेरफेर समेत गर्ने गरेको छ ।
कार्यलय प्रमख उखेडाले अहिलेको अवस्थामा सबै कुरा कार्यान्वयन गर्न सम्भव नभएको बताउँदै उनले केहि मुख्य कुरा लागु गर्न जरुरी रहेको उल्लेख गरे । उनले कार्यक्रममा सामाजिक सुरक्षाको अवधारणा र नेपालको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका हुन । सामाजिक सुरक्ष कोषमा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम कमजोर रहेको उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । सुदूरपश्चिममा हालसम्म रोजगारदाता २ सय ९९ र योगदानकर्ता २९ सय ५ मात्र आवद्ध भएका छन् । कैलालीका अस्पताल र श्रम संगसंगठनका नेतृत्वसंग भएको अन्तरक्रियामा उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनुरोध समेत गरे ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालयमै कार्यरत नवराज भट्टले श्रम अडिट मापदण्ड २०७५ का बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले श्रम अडिटमा भएको कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका हुन । कार्यक्रममा कैलालीका विभिन्न अस्पतालमा प्रमुख एंव प्रतिनिधि र मजदुर संगठनका व्यक्ति, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो । श्रम तथा रोजगार कार्यालयले हरेक बर्ष यस प्रकारका छलफल अन्तरक्रिया गर्ने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.