दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दार्चुला, १ बैशाख : दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–५ सौकेबगडमा टिप्परको ठक्करबाट स्थानीय ५५ वर्षीय हरसिंह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाडको सौकेबगडबाट होपरीगाड गइरहेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतबार दिउँसो ठक्कर दिँदा ऐरीको घटना स्थलमै मृत्यु भएको हो ।
टिप्पर चालक संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक छतबहादुर रावतले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.