नेपालको संविधान विश्वकै उत्कृष्ट: प्रदेश प्रमुख मियाँ

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँ ज्यूले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन्।

भारतका संविधान निर्माता डा.भिमराव अम्बेडकरको १३४ औ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा माननीय प्रदेश प्रमुख ज्यूले नेपालको संविधानको चर्चा गर्दै संविधानले दिएको अधिकारको बारेमा बताएका हुन्।

संविधानले पर्याप्त अधिकार दिएको र त्यसलाई कार्यान्वयन गराउनु पर्ने भन्दै उनले पाएको अधिकारलाई संरक्षण गर्दै थप अधिकारको लागि आवाज उठाउनु पर्ने बताए। माननीय प्रदेश प्रमुख ज्यूले छुवाछुत गर्नेलाई कानुनमा कडा कारबाही गर्ने व्यवस्था रहेपनि त्यसको पूर्ण कार्यान्वयनमा भने समस्या भइरहेको बताएका थिए।

पछिल्लो समय धेरै समस्या हल हुँदै गएको भन्दै माननीय प्रदेश ज्यूले धेरै नकारात्मक टिप्पणी गर्नु भन्दा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए।कार्यक्रममा पूर्व मन्त्री समेत रहेका संविधान सभा सदस्य विश्वेन्द्र पासवानले सीमान्तकृत समुदायका धेरै नागरिकहरू अझै अधिकार भन्दा टाढा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा कमल बहादुर पुन,प्रेम बिसी,डा.सञ्जय सिंह, डा.मेराज आलम अन्सारी ज्यू लगायतले डा.भिमराव अम्बेडकरको चर्चा गराएका थिए।नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटी र धर्मोदय सभा शाखा बुद्ध विहारको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमको सभापति नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय अध्यक्ष मनोज जैगडी रहेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.