धनगढीः कैलालीको धनगढीमा स्कुटर र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ।
धनगढी उपमहानगरपालिका–१ एलएनचोकमा सुपप्र ०१००९ प ९७७ नम्बरको स्कुटर र से ६प ३७७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका हुन्।
धनगढी ८ बस्ने २५ वर्षीय नितेश शोपले चलाएको स्कुटर र सोही ठाउँका २४ वर्षीय नविन चौधरीले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किदाँ उनीहरु घाइते भएका हुन्।घाइते दुबैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।