Agni Offset Press

कञ्चनपुरका राहुलको काठमाडौंमा ठगिधन्दाः ४ हजारबढीको ईसेवा खाताबाट चोरे करोडौँ रकम

Aarati simant

काठमाडौं:चार हजार भन्दा बढी व्यक्तिको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको हो।उनले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट,एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाएर भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्याएर ठगि गर्ने पाइएको प्रहरीले जनाएको छ।

उनले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौज्जात रहेको रकम चोरी गर्न सफल भएका थिए। उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ। उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए।उनलाई वैशाख २ गते काठमाडौँको कालिमाटीबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.