Agni Offset Press

नायक प्रदिप खड्कासहित पिताम्बर फिल्मको जम्बो टोली धनगढीमा

Aarati simant

धनगढीः नायक प्रदिप खड्कासहित पिताम्बर फिल्मको जम्बो टोली धनगढीमा पुगेको छ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र पिताम्बरको काठमाण्डौपछि बुधबार साँझ फिल्मको जम्बो टोली धनगढीको भ्रमणमा पुगेको हो। फिल्मका प्रमुख कलाकार प्रदिप खड्का,अनुप बिक्रम शाही, निर्देशक कृषा चौलागाई, निर्माता विशाल चौलागाईं,सिनेमाटोग्राफर पुरुसोत्तम प्रधान, र अन्य कलाकारहरू दिब्य देव पन्त, लगायत जम्बो टोलीमा समावेश छन्।

साथै, मिडिया कोर्डिनेटरको रूपमा कुमार आर्चाय पनि टोलीमा रहेका छन्। बुधबार साँझ धनगढी पुग्दा फिल्मको जम्बो टोलीलाई चलचित्र पत्रकार विवेक नागरी र रंग पत्रकार दिनेश भण्डारीले धनगढी विमानस्थलमा स्वागत गरे। फिल्मको जम्बो टोलीले बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा दर्शकसँगै बसेर फिल्म हेर्ने कार्यक्रम आयोजना गर्ने बताइएको छ।फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को होरु’ भन्ने चासो उत्तिकै बढाएको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईको निर्देशन छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बालकलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी ९अनमोल० ले समेत अभिनय गरेका छन्।फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.