संगठनमा नियम भन्दामाथि व्यक्ति हुँदैन : थापा

अत्तरिया, १३ बैशाख : नेकपा एमालेका नेता कर्णबहादुर थापाले नीति र सिद्धान्त विपरीत कुनै पनि प्रयास सह्य नहुने चेतावनी दिएका छन् ।
‘व्यक्ति हेरेर नीति बनाउनु नीतिगत भ्रष्टाचार हो,’ एमाले स्थायी कमिटी सदस्य थापाले लेखेका छन्, ‘एमालेका जनसंगठन राजनीतिक रूपले पार्टीको दिशानिर्देश र सांगठनिक रूपमा संगठनको विधान बमोजिम चल्ने जबजको मान्यतालाई सबैले पालना गरौँ। मनपरि कसैको चल्दैन भन्ने बुझौँ ।’
थापाको यो भनाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भित्र उमेर सीमाको विषयमा उठेका विवादसँग जोडिएको बताइएको छ । उमेर हद ३० वर्षमा कायम राख्ने कि ३२ वर्षसम्म बढाउने भन्ने विवाद भइरका बेला थापाले संगठनमा नियमभन्दा माथि व्यक्ति नहुने सन्देश दिएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.