Agni Offset Press

गेटा अस्पतालमा अनियमितता गर्न मिलेमतोमा करोडौँका उपकरण खरिद

Aarati simant

अत्तरिया : कैलालीको गेटा अस्पतालले आपूर्तिकर्तासँगको मिलेमतोमा उपकरण खरिदका ठेक्का आह्वान गरेको पाइएको छ । बीर अस्पतालबाट गत १४ चैतमा गेटा अस्पतालको निर्देशकका रुपमा आएका डाक्टर प्रदीपकुमार यादवले आपूर्तिकर्तासँगको मिलेमतोमा उपकरण खरिदका लागि ठेक्का प्रक्रिया अघि बढाएको पाइएको हो ।
कतिसम्म भने अस्पतालको निर्देशक भएर आएको भोलिपल्टै आफूअनुकुल हुनेगरि खरिद समिति परिवर्तन गर्दै अनियमितता गर्ने उद्देश्यले एकपछि अर्को उपकरण खरिद प्रक्रिया तीव्र रुपमा अघि बढाएको देखिएको छ । अस्पतालका शाखा अधिकृत खगेन्द्र भारतीको संयोजकत्वमा रहेको पाँच सदस्यीय खरिद समितिलाई भंग गर्दै डाक्टर जगदीश विष्ट संयोजक रहनेगरि तीन सदस्यीय नयाँ समिति बनाएका छन् । उक्त समितिमा डाक्टर शंकर अधिकारी र शाखा अधिकृत सिद्धराज भट्टलाई सदस्य राखिएको छ ।

आफू अनुकुल हुनेगरि खरिद समिति बनाएका यादवले १५ चैतदेखिको ३१ चैतभित्र यादवले चार वटा प्याकेज बनाएर विभिन्न १७ वटा उपकरण खरिदका लागि बोलपत्र आह्वान गरेका छन् । राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरिएका अधिकांश बोलपत्रमा सार्वजनिक खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपरीतका प्रावधान राखेको पाइएको छ ।
स्पेशिफिकेशन नै आपूर्तिकर्तालाई अनुुकुल हुनेगरि बनाएर २८ करोड बढिका उपकरण खरिदमा ठूलो अनियमितता गर्ने उद्देश्य राखिएको देखिन्छ । बोलपत्र नम्बर जीएच(जी(एनसीबी–१० मा मेडिकल ग्यास पाइपलाइन सिस्टमको माग गरिएको छ । यो बोलपत्रमा जिसीई मेडिकल कम्पनीलाई ठेक्का पर्नेगरि एमसी–८० डुब्लेक्स मोडल नै तोकिएको छ ।
यति मात्र होइन, पाठेघरको क्यान्सरको जाँच गर्ने उपकर खरिदको स्पेशिफिकेशनमा न्यूूमार्स कम्पनीको लु–मोडलसँग मिल्ने बुुँदा राखिएको छ भने घाँटीको ¥याल निकाल्न प्रयोग गरिने अटोमेटिक ट्राचेल सेक्रेशन रिमोभल डिभाइस उपकरण खरिदको एम केयर नामक कम्पनीले ठेक्का पाउनेगरि बोलपत्र प्रकाशित गरिएको छ । आईसीयू कक्षमा प्रयोग गरिने ब्लड ग्यास अनालाइजर उपकरणको स्पेसिफिकेशन ड्रागन कम्पनीको आई–२० मोडलसँग मिल्नेगरि बनाइएको छ ।
अमुुख आपूर्तिकर्तालाई ठेक्का पर्नेगरि स्पेशिफिकेशन बनाएर बोलपत्र आह्वान गरिएका यी प्रतिनिधिमुुलक उदाहरण भएपनि १७ वटै उपकरणमा कुनै न कुनै एउटा मात्र कम्पनीलाई पर्ने खालका प्रावधान राखिएको छ । गेटा अस्पतालका निर्देशक डाक्टर प्रदीपकुमार यादवले आपूर्तिकर्तासँगको मिलेमतोमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा आफ्नै कर्मचारीलाई समेत बाइपास गरेको पाइएको छ ।
अनियमितता गर्ने उद्देश्यले नै निर्देशक यादवले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँबाट बायोमेडिकल इन्जिनियर अमृत प्रसाद भण्डारीलाई काजमा ल्याएर उपकरण खरिदको स्पेसिफिकेशन बनाएका छन् । जबकी गेटा अस्पतालमा बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत पहिल्यैदेखि कार्यरत रहेका छन् ।
यसअघि हुने उपकरण खरिदमा चटौतले नै स्पेशिफिकेशन बनाउदै आएका थिए । अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियर चटौतलाई बाइपास गर्दै डाक्टर यादव आफैले प्रसुती गृह थापाथलीलाई २६ चैतमा पत्र लेख्दै प्राविधिक खटाएर सहयोग गरिदिन भनेका थिए ।
यादवको पत्रअनुसार परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले भण्डारीलाई २७ चैतमा गेटा अस्पतालमा प्राविधिक सहयोगका लागि पठाएको देखिन्छ ।
भण्डारीलाई काजमा खटाइएको तेस्रो दिनमै उनैले बनाएको स्पेसिफिकेशनका आधारमा ३१ चैतमा पाँच वटा र पाचौँ दिनमा २ बैशाखमा थप ८ वटा टेन्डरका सूचना राष्ट्रिय पत्रिकामा प्रकाशित गरिएका छन् ।

स्पेसिफिकेशन बनाउन निकै समय लाग्ने भएपनि गेटामा भने बायोमेडिकल इन्जिनियर काजमा खटाइएको तेस्रो दिनमै उपकरण खरिदको सूचना जारी गरेको पाइएको छ । भण्डारीलाई काजमा ल्याउनुु पूर्व नै स्पेसिफिकेशन तयारी अवस्थामा राखेर बाँकी प्रक्रिया त्यसपछि मात्र थालिएको हुुनसक्ने आशंका गरिएको छ ।

बायो मेडिकल इन्जिनियर चटौत मात्र होइन प्रशासन शाखा, लेखा शाखाका अन्य कर्मचारीहरुले समेत अहिले भइरहेको खरिद प्रक्रियाबारे अनभिज्ञता जनाएका छन् । अर्कोतिर यसअघि अस्पतालको निर्देशक रहेका डाक्टर अशोक श्रीपाईलीले बनाएको वार्षिक खरिद योजना समेत यादव आएपछि संशोधन गरिएको छ । राष्ट्रिय स्तरको खरिद प्रक्रियालाई संशोधन गरि अन्तराष्ट्रिय स्तरको बनाएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि बनाइएका संरचनामा चलाइएको गेटा अस्पताल ५० शैयामा चलिरहेको छ । यहाँ आकस्मिक सेवा समेत सुचारु भएको छैन । तर, आर्थिक अनियमितता गर्न करोडौँका उपकरण खरिद भइरहेका छन् । त्यसरी खरिद हुने उपकरण थन्क्याउनुको विकल्प छैन ।

तर, गेटा अस्पतालका निर्देशक डाक्टर प्रदीपकुमार यादवले भने उपकरण खरिद प्रक्रियामा कुनै खालको मिलेमतो र बदमासी नभएको दाबी गरेका छन् । आफूमाथि लागेका सबै आरोप झुठा भएको उनी बताउँछन् । खरिद समिति तत्कालीन निर्देशकको अधिनमा भएका कारण फेरेको बताउने यादवले उपकरण खरिद प्रक्रियामा त्रुटी भएको कुरा लिखित रुपमा आएमा संशोधन गर्न सकिने समेत बताए ।

‘तपाईले बाहिर सुनेका कुरा गलत हुन् । कुनै सत्यता छैन । तर कमजोरी भएको कुरा लिखित रुपमा आएमा संशोधन गर्न सकिछ,’ यादवले भने, ‘अस्पतालको वार्षिक कार्य योजनाअनुसार नै उपकरण खरिद प्रक्रिया थालिएको हो । कुनै कमजोरी भएको छैन ।’ उनले गेटा अस्पतालमा कार्यरत कर्मचारीले काम नगरेपछि कानुन सम्मत रुपमै खरिद समिति परिवर्तन गरेको र बायोमेडिकल इन्जिनियर समेत काजमा ल्याएको दाबी गरेका छन् ।

‘खरिद समिति त्यो बेलाका हाकिमको अधिनमा थियो त्यसैले मैले कानुनले दिएको अधिकार प्रयोग गरेर फेरेको हुँ । बायोमेडिकल इन्जिनियर भएपनि काम गर्न नमानेपछि के गर्ने त रु’ यादवले भने, ‘काम रोक्नु भएन नी । त्यसैले अर्को बायोमेडिकल इन्जिनियरमार्फत काम गराएको हुँ ।’

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.