नवौं वडा भेलामा वडाध्यक्ष शाहीद्वारा सर्पदंश उपचार केन्द्र स्थापना प्रस्ताव

अत्तरिया : गोदावरी नगरपालिका वडा नं १० मा आयोजित नवौं वडा भेलामा वडाध्यक्ष रविन्द्र शाहीले स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा दुई बेड क्षमताको आइसीयू सेवा र सर्पदंश उपचार केन्द्र स्थापना गर्न अनुरोध गरेका छन्।

उनले भेलामा बोल्दै वडामा सर्पको टोकाइका कारण पटक–पटक ज्यान जाने घटना भइरहेकाले सो समस्यालाई सम्बोधन गर्न प्रभावकारी स्वास्थ्य पूर्वाधार आवश्यक रहेको बताए। सर्पदंशका कारण बालबालिका र वृद्धवृद्धाहरूको मृत्युले परिवारमा गहिरो असर पारिरहेको उल्लेख गर्दै उनले सर्पदंश उपचार केन्द्रको स्थापना अत्यावश्यक रहेको बताए।

वडाध्यक्ष शाहीले मालाखेती अस्पताललाई केन्द्र बनाई नगरपालिकाका १२ वटै वडामा सेवा पुर्‍याउन सक्ने गरी उक्त केन्द्र निर्माण गर्न सुझाव दिए। विशेष गरी वडा नं। १०, ११, र १२ मा सर्पदंशको जोखिम बढी रहेको जानकारी दिंदै उनले यस्तो उपचार केन्द्र स्थापना भएमा आफ्नो कार्यकाल सफल ठान्ने विश्वास व्यक्त गरे। उनले नगर प्रमुख तथा नगर परिषद्को ध्यान यसतर्फ केन्द्रित गरिने अपेक्षा व्यक्त गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.