Agni Offset Press

माया मेट्रो अस्पतालमा नवदुर्गा वासीका लागि उपचारमा २५ प्रतिशत छुट

Aarati simant

अत्तरिया, १३ जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले धनगढीको माया मेट्रो हस्पिटलमा उपचार सेवा लिंदा विशेष छुट पाउने भएका छन् । नवदुर्गा गाउँपालिका र हस्पिटलबीच मंगलबार उपचारमा छुट सम्बन्धी सम्झौता भएको हो ।
समाजसेवी इश्वरी बिष्टको पहलमा हस्पिटलका निर्देशक मोहन साउद र नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नवदुर्गा गाउँपालिकावासीले माया मेट्रो हस्पिटलमा उपचार गराएमा विभिन्न सेवा शुल्कमा १० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
बिरामीले गाउँपालिकाको सिफारिस तथा वडावासीको पहिचान खुल्ने कागज खुलाएमा उक्त छुट पाउन सक्ने नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिएका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.