
अत्तरिया : नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धनगढीमा निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा, नेपाल प्रेस युनियन सुदूरपश्चिमको समन्वयमा नेपाल प्रेस युनियन कैलालीले स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणमा ३० जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका हुन।
उच्च रक्तचाप, सुगर र युरिन परीक्षण गरिएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मीन धामीले जानकारी दिए । प्रेस युनियनले स्थापना दिवसको अवसमार विचार गोष्ठीको समेत आयोजना गरेको थियो ।
