अत्तरिया, २४ जेठ : गोदावरी नगरपालिका स्थित पिएफए स्पोट्र्स क्लबको आयोजनामा सुरु हुन् गइरहेको पिएफए छैठौँ संस्करणको भेट्रान कप क्रीकेट प्रतियोगिता ट्रफी सार्वजनिक गरिएको छ ।
शनिबार आयोजक पिएफए स्पोट्र्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी भोली आईतबार देखि असार ७ गते सम्म संचालन हुने भेट्रान कप क्रिकेट प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको विजेता टीमलाई नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको साथै उपविजेता टिमलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पिएफए स्पोट्र्स क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए ।
प्रतियोगितामा ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको प्रत्येक खेलमा ४ जना ३२ वर्ष उमेर समूहका र वाकी ३५ वर्ष भन्दा माथिका खेलाडीहरू राख्न पाइने आयोजक ले जनाएको छ ।
६ वटा टिमहरू सहभागी रहेका छन् । भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ । यस्तै उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सञ्चालन हुन गइरहेको भेट्रान कप खेल प्रतियोगिताका सह–प्रायोजक रहेको एभरेष्ट एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले विद्यालयले समाज परिचालनका लागि खेलकुदलाई प्रभावकारी माध्यमको रूपमा प्रयोग गर्न चाहेको बताए । उनले विद्यालयले अनुभवी खेलाडीहरूलाई पहिचान दिने र नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसाथ खेलकुद कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाइरहेको बताए । “खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा सकारात्मक सोच र अनुशासनको विकास हुन्छ,” उनले भने, “क्रिकेट प्रतियोगिताले विशेषगरी युवा खेलाडीहरूलाई उत्प्रेरणा दिनेछ ।”
प्रिन्सिपल चौधरीले प्रतियोगिताले अत्तरिया क्षेत्रलाई मात्र नभई सुदूरपश्चिम प्रदेशलाई नै राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । “यो प्रतियोगिता सुदूरपश्चिमको पहिचान निर्माणमा महत्वपूर्ण माध्यम बन्ने आधार देखिएको छ,” उनले भने । भेट्रान कप क्रिकेट प्रतिगितामा खेलाडीहरुले खेलेको देख्दा विद्यार्थीहरु लगायत व्यक्तित्वहरुलाई खेलप्रति उत्प्रेरणा मिल्ने विश्वस्त रहेको बताए ।
खेलहरू गोदावरी नगरपालिका वडा नं २ मा रहेको एपीएफ खेलमैदान बंनखेतमा हुन गइरहेको हो । प्रतियोगिताको मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका, मुख्य प्रायोजक करियर स्टेसन कन्सल्टेन्सी नयाँ बानेश्वर । सह–प्रायोजक एभरेष्ट एकेडेमी लगायत विभिन्न क्षेत्रका प्रयोजकहरु रहेका साथै खेल अवधिभरि सञ्चालनमा विशेष सहयोग सिवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीले गर्ने जनाएको छ ।
सम्बन्धित पाेस्टहरु