Agni Offset Press

‘निलो रिबन’ लगाएर संसद पुगे रास्वपा सांसद

Aarati simant

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् ।
रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ ।

आजको ‘निलो रिबन’को प्रतीकलाई रास्वपाले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको रुपमा व्याख्या गरेको छ । ‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ’, रास्वपाका सांसद मनिष झाले भने । रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.